आइतबारदेखि भारी वर्षाको प्रक्षेपण, मौसमविद्ले भने– सचेत हुनुहोला

आइतबारदेखि भारी वर्षाको प्रक्षेपण, मौसमविद्ले भने– सचेत हुनुहोला

बुटवल । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने प्रक्षेपण गरिएको हो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार आज र भोलि दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि पर्सिदेखि मनसुन सक्रिय हुने सम्भावना छ ।

पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ ।मौसमविद् अधिकारीका अनुसार उत्तर प्रदेश आसपास भएको जुन न्यूनचापीय रेखा रहेको र नेपालति आउने देखिएकाले गर्दा वर्षा बढ्ने छ ।

अहिलेको यो नयाँ प्रणाली भने अलि शक्तिशाली हुने अनुमान मौसमविदले गरेका छन् ।
अहिलेसम्मको अवस्था हेर्दा शनिबार रातिदेखि वर्षा हुने र आइतबारदेखि सोमबारसम्म भारी वर्षा हुनसक्ने अनुमान मौसमबिदले गरेका छन ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल पनि शनिबार दिउँसोसम्म नेपालका केही ठाउँमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने तर शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने बताउनु भएको छ।

‘सोमबारसम्म नेपालभर भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभएको छ ।