बुटवल । पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिकै गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् । मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका ३६ वषर््िाया जनक भण्डारीको मुत्यु भएको हो ।
मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ । दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटल तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । बर्खाको समयमा बुटवल–पाल्पा सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले बर्खाको समयमा बुटवल–पाल्पा लगायतका विभिन्न सडकहरुमा रातीमा यात्रा नगर्न सूचना जारी गर्दै रोक समेत लगाएको छ ।