निजामती सेवा विधेयकमा छेडखानीप्रति शेखर कोइरालाको आक्रोश: ‘यो संसदप्रति अपमान हो’

निजामती सेवा विधेयकमा छेडखानीप्रति शेखर कोइरालाको आक्रोश: ‘यो संसदप्रति अपमान हो’

काठमाडौं । संघीय संसदमा सर्वसम्मतिले प्रस्तुत गरिएको निजामती सेवा विधेयकमा अनधिकृत रूपमा भाषा फेरबदल भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्।

उनले विधेयकमा स्वार्थ समूहको प्रभावमा परिवर्तन गर्नु सामान्य घटना नभई ‘देश र जनताप्रति अपराध’ र ‘सांसदहरूको अपमान’ भएको आरोप लगाए।

“यो संसदप्रति गरिएको गम्भीर अपमान हो,” कोइरालाले भने, “यसमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ र विधेयक पुरानै अवस्थामा फर्काइनुपर्छ।”

कुलिङ पिरियड नहटाई विधेयकका बाँकी प्रक्रिया अघि बढ्न नदिने चेतावनीसमेत उनले दिएका छन्। “कुलिङ पिरियड बिना अगाडि बढ्नु हुँदैन, र हामी बढ्न पनि दिँदैनौं,” उनको भनाइ छ।